मन्जु र सन्तुको गीतमा निता र दीपेन्द्रको 'छम्म छम्म' (भिडियो)

Posted on: 18 Jul, 2018

काठमान्डौ | गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत 'छम्म छम्म' बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश अबिरलको एरेन्ज रहेको छ । 

तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उ सँगै नाच्नलाई आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायाङ्कन र बिष्णु शर्माको सम्पादन रहेको छ । गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!