प्रियंकाले आयुष्मानलाई सुइखुट्टे भनेपछि... (भिडियोसहित)

Posted on: 12 Aug, 2018

साउन २६, काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ । 

गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!