सुर्यास्तमा किशोर र अप्सराको रोमान्स

Posted on: 15 Aug, 2018

साउन ३०, काठमाण्डौ । चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइ पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् । 


राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र सुर्यास्तमा किशोर खतिवडा, प्रज्वल गिरि, अप्सरा राइ, पनाह अधिकारी, रितेश श्रेष्ठ काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र सुर्यास्तका गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । 

चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!