सबैलाई हँसाउने झक्कड थापाको रुवाउने कथा यस्तो छ (भिडियोसहित)

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाण्डौ | नेपाल आइडलका असफल प्रतिस्पर्धी हुन् झक्कड थापा । तर, उनी आम दर्शकका लागि प्रिय बनेका छन् । उनको अबोधपन र आफ्नै स्टाइलले पनि उनको चर्चा पछिल्लो समय बढेको छ । 

नेपाल आइडल सिजन २ चलिरहँदा उनी भद्रगोल सिरियलमा पनि देखिए । हास्य टेलिश्रृंखला भद्रगोलमा अभिनय गरेपछि उनको फ्यानहरु अझै बढेका छन् । सबैलाई हसाउने झक्कडको वास्तविकता भने पिडादायी छ । उनी परिवार लिएर दैलेखबाट नेपालगन्ज झरे । तर, उनकी आमा भने एक्लै दैलेखमा बसि्छन् । गरिबीका कारण आमाको बिचल्ली टुलुटुलु हेरेर बस्नु परेको उनी बताउँछन् । यस्तै, ऐलानी जग्गामा टहरो बनाएर बसेका उनको परिवारका पनि अनेक प्रकारका पिडा छन् । 

हेर्नुहोस् भिडियो:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!