भद्रगोलका सीतेबाले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै, धुर्मुस सुन्तली पनि भिड्ने

Posted on: 17 Sep, 2018

असोज १, काठमाण्डौ | भद्रगोलका कालकार सीते बा उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन्।  पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो। उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


ब्याटमिन्टनको उद्घाटन धुर्मुससुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा गर्नुका साथै दुवै जनाले ब्याटमिन्टन खेल्ने पाठकले बताए। पत्रकार सम्मेलनमा बोल्दै सीतेबाले आफ्नो खेल प्रतिको रुची र प्रेमले प्रतियोगीताको आयोजना गरिएको बताए। ब्याटमिण्टनको लोकप्रियता देशै भरी भएकोले स्वास्थ्यको हिसावले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनु पर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेकोछ। 


प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ। प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए। खेलका हरेक विधाका विजेताहरुलाई नगद राशी सहित प्रमाण पत्र प्रदान गरिने भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!