'ठग्स अफ हिन्दुस्तान' मा यस्तो देखियो आमिरको लुक्स

Posted on: 25 Sep, 2018

असोज ९, काठमाण्डौ | बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनेता आमिर खानको लुक्स (पोस्टर) सार्वजनिक भएको छ । आमिर ‘फिरंगी’ क्यारेक्टरमा प्रस्तुत भएका छन् । ‘ठग्स अफ हिन्दुस्तान’का लागि आमिरको यो पहिलो पोस्टर हो। करिब २ सय करोडको लगानीमा बनिरहेको चलचित्रमा आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र क्याटरिना कैफको मुख्य भुमिका रहेको छ । अमिताभ बच्चन, फातिमा सना शेख र क्याटरिना कैफ पछि आमिर खानको लुक सार्वजनिक गरिएको हो । आमिरले चलचित्रको सार्वजनिक पोस्टरका साथ मोसन ग्राफिक्स भिडियो इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेका छन् । 


८ नोभेम्बरलाई  प्रर्दशन मिति तोकिएको यस चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।  चलचित्र  ‘ठग्स अफ हिन्दुस्तान’ को पोस्टरमा आमिर नौलो पोसाकमा देखिएका छन् । आमिर घोडामा नभएर गधामा सवार देखिन्छन् । यस चलचित्रका लागि आमिर खान र अमिताभ बच्चनले निकै समय ट्रेनिङमा बिताए । चलचित्रका अन्य सबै कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो । एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!