अशोक दर्जीले 'मेरी बास्सै'मा यस्तो अभिनय गरेपछि... (भिडियो)

Posted on: 26 Sep, 2018

असोज १०, काठमाण्डौ | भाइरल ब्यक्तिहरुलाई लिएर हिजोआज टेलिश्रृङ्खला बनाउने क्रम सुरु भएको छ । ‘नेपाल आईडल’बाट भाइरल बनेका झक्कड थापा र नरेश पातलीले भद्रगोलमा अभिनय गरेपछि अब ‘भाइरल ब्वाई’ अशोक दर्जीको पालो आएको छ । झक्कड र नरेश पातलीलाई भद्रगोल टिमले अभिनय गर्ने अवसर दिएको थियो । भाइरल बाल गायक अशोक दर्जीलाई मेरी बास्सैले त्यो अवसर दिएको छ । मंगलवार प्रशारण भएको ‘मेरी बास्सै’को नयाँ एपिसोडमा अशोक देखिएका छन् । ‘मेरी बास्सै’मा उनी गायक टंक बुढाथोकीसँग गीत गाउँदै देखिएका छन् । साथमा बाल गायक एआर बुढाथोकी पनि छन् ।


सडकमा गीत गाउँदै हिडेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि अशोक दर्जी चर्चित बनेका थिए । टंक बुढाथोकीसँग ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएपछि झण्डै तीन महिना युट्युबमा राज गरे । उनको विषयमा बनाइएका हरेक भिडियोहरुले अत्यधिक भ्युज बटुल्नुका साथै सबै जसो भिडियोहरु ट्रन्डिङमा आए । भाइरल गायक अशोक विदेशका विभिन्न कार्यक्रममा पनि पुगिसकेका छन् । देश विदेशमा बस्ने नेपालीमा सहयोगमा हाल उनको पक्की घर पनि बनिसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!