नेपाल आइडलबाट बाहिरिएका नरेश पातलीले 'गर्लफ्रेन्ड' लिएर आएपछि... (भिडियो)

Posted on: 08 Oct, 2018

असोज २२, काठमाडौं | एपी वन टेलिभिजनको रियालिटी शो 'नेपाल आइडल' बाट चर्चामा आएका नरेश पातलीले गीत सार्वजनिक गरेका छन्।

'नेपाल आइडल' को सिजन टु मा धनगढी अडिसनमा गाएका गीतबाट चर्चामा आएका बझाङका पातलीले 'आइ ह्याभ अ गर्लफ्रेन्ड' बोलको गीत ल्याएका हुन्। शनिबार सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पातली आफूले पनि अभिनय गरेका छन्।

पातलीसँगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतमा शब्द र संगीत बादलकै छ। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन्।

उता नेपालगन्ज अडिसनबाट चर्चामा आएका झक्कड थापाले ‘भेरी सेती कर्णालीको पानी’ बोलको गीत बजारमा ल्याइसकेका छन। उनले पश्चिमेली भाकामा आफ्नो आवाज दिएका छन्। दिनेश थपलियाको शब्द  रहेको उक्त गीतमा बसन्त थापाको संगीत रहेको छ।

हेर्नुस् पातलीको गीतः


यस बिषयमा तपाइको प्रतिक्रिया...!