नेपाली गजलमा राहुल र अलिशाको रोमान्स (भिडियोसहित)

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौं | नेपाली रंगमञ्चको क्षेत्रमा बिगत केहि समय यता देखि नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशक , कोरियोग्राफी ,अभिनय र डान्सको  माध्यमद्धारा नेपाली युवा वर्ग माझ आफ्नो जबर्जस्त छाप बनाउन सफल भाइव एण्ड वेभ डान्स ग्रुपका लिडर राहुल साहद्धारा निर्देशित नँया गजल 'अलि अलि'को म्युजिक भिडियो बजारमा आएको छ ।

राहुल साहसगै भाइव एण्ड वेभ ग्रुप मार्फत अद्ध्भुत क्षमता पस्की सकेकी नायिका अलिशा शर्मासँग राहुल साहले यस गीतमा भरपुर रोमान्स गरेका छन् ।

'फिदा..'भन्ने उर्दु शब्दलाई प्रयोग गरिएको  यस गजलमा शिव परियारको स्वर तथा संगीत सुन्न सकिन्छ भने शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ।

अक्सर गरेर मध्यम बिटमा सुनिने गजलको मान्यतालाई भत्काउँदै  गायक तथा संगीतकार शिव परियारले यस गजलमा समय सापेक्ष संगीत गायन प्रस्तुत गरेका छन्।

हट सिक्वेन्समा बनेको यस म्युजिक भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका हुन् भने विजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।अलि अलि’ बोलको गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!