मेनुका पौडेल सारेगमपको मेघा अडिशनमा छनौट

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौं | नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् ।

नेपालमा पहिलो पटक सारेगमपको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ मा आफ्नो प्रस्तुती दिएपछि मेघा अडिसनको लागि छनौट भएकी थिइन् ।

आइतबार भएको मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको लुका छुपी गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन् ।

उनको प्रस्तुती पछि जजको रुपमा रहेका संगीतकार शेखर रबजानी र वाजिद खानले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

आफ्नो प्रस्तुती दिनुअघि मेनुकाले मेघा अडिशनमा छनौट भएकोमा आफ्नो र पूरा नेपालको लागि यो खुसी कुरा भएको बताएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!