रणवीर–दीपिका अब पति–पत्नी

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौँ | बलिउड नायक–नायिका रणवीर सिंह र दीपिका पादुकोणले झन्डै छ वर्ष लामो प्रेम सम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका छन् । दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान सातै बजे कोंकणी विधि विधान अनुसार लगन-गाठो कसेका हुन् ।

विवाहका लागि इटाली पुगेका वरबधु विवाहपछि भारत फर्केर २१ नोभेम्बरमा बङलोर र २८ नोभेम्बरमा मुम्बईमा पार्टी दिने तय गरिएको छ । तर त्यसअघि जोडीको बिहीबार पनि सिन्धी परम्परा अनुसार विवाह हुनेछ । बिहीबारको विवाह सिंह परिवारको तौरतरिका अनुसार हुन लागेको हो । बुधबारको विवाहमा साडीसहित गरगहनामा देखिएकी दीपिकालाई बिहीबार भने लहंगा पहिरनमा बेहुलीका रूपमा उतारिने बताइएको छ । रणवीरले भने शेरवानी लगाउने छन् ।


रणवीर–दीपिकाले इटालीको तेस्रो ठूलो ताल कोमोलाई विवाहका लागि रोजेका थिए । ताल क्षेत्रकै सात सय वर्ष पुरानो एउटा भिल्लामा भइरहेको वैवाहिक स्थानमा रणवीर पानी जहाजमा जन्ती लिएर पुगेका थिए । विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!