नेपाल आइडलमा अब ४ प्रतिष्पर्धी: बाहिरिए अमित बराल

Posted on: 07 Dec, 2018

मङ्सिर २१, काठमाडौं : नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् । शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए । 

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए । अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो । पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो ।

शुक्रबारको कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए । अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए । 

यस पटक सबैभन्दा बढी भोट पाउनेमा सुमित पाठक छन् भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले पाए । आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे । उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!