रियालिटी शो 'टिभिएस अपाचे द भ्वाइस अफ नेपाल' फाइनलमा प्रवेश

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौं | गायन रियालिटी शो 'टिभिएस अपाचे द भ्वाइस अफ नेपाल' फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा चारै जना निर्णायकहरु दीप श्रेष्ठ, अभया, सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । 

यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरेका हुन् ।


फाइनलमा सीडी बिजय अधिकारी, कुशल आचार्य, सप्तक दूतराज र श्रृजय थपलिया फाइनलमा जान सफल भएका छन् । यी चारजना मध्येबाट नै ‘टिभिएस अपाचे द भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् ।

‘टिभिएस अपाचे द भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रमपछि फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ जनाले ग्राण्ड फाइनलमा आफ्नो प्रस्तुति दिनेछन् । 

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार हुने ग्राण्ड फाइनल  कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् ।

कार्यक्रममा चर्चित हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्ललीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!