नेपाली फिल्म ‘पासवर्ड’ मा ३ करोडमा मर्कियो सन्नीको कम्मर ! (हेर्नुहोस् ५ तस्विर)

Posted on: 11 Dec, 2018

मङ्सिर २५, काठमाडौं । बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'पासवर्ड' को आइटम गीतमा उनले आइटम डान्स प्रस्तुत गरेकी छन् ।  उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ । 


छायांकन गरिएको फिल्मको 'सन्नि हो नाम मेरो...' बोलको गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । 

नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका थिए ।  भिडियो छायांकनका केही स्थिर दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ । दुई करोड भारतीय रुपैयाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा सन्नीले नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी हुन् । 


फिल्मका निर्देशक सम्राट बस्नेतले 'पासवर्ड' को कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जन ढबी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु फिल्म हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । 

यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!