युट्युबमा अनमोल र प्रदीपबीच कडा प्रतिस्पर्धा, दुवैलाई उछिने अशोक दर्जीले (भिडियो)

Posted on: 19 Dec, 2018

पुस ४, काठमाडौं | नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवास्टारको सूचीमा अगाडि देखिएका अनमोल शायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’ बनेका छन् । भन्दा त यी दुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच चर्को प्रतियोगिता छ भन्ने देखाउँछ ।


पछिल्लो उदाहरण नै लिऔँ – जुन दिन अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को गीत रिलिज हुने कार्यक्रम थियो, त्यही दिन नै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि हलमा रिलिज गरिएको केही महिनामै युट्युबमा अपलोड गरियो ।

एउटा त फिल्मको गीत, अर्को पूरै फिल्म । यसरी हेर्दा फिल्मप्रति दर्शकको रुचि हुनु नौलो होइन । यता अनमोल अभिनित ‘रहर छ सँगै’ बोलको गीत एकाएक ट्रेन्डिङमा आयो । प्रदीप पनि युट्युबको नेपाल ट्रेन्डिङमा पछिपछि आइरहेका थिए ।


धेरैलाई याद नै छ, प्रदीपकै अभिनय रहेको अर्को फिल्म ‘प्रेम गीत २’ पनि केही हप्ताअघि मात्र युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्म भने झण्डै एक हप्ता नै ट्रेन्डिङमा बसेको थियो ।

अहिले युट्युबमा अनमोल र प्रदीप जुधिरहँदा अर्को रमाइलो के भएको छ भने ती दुवै स्टारलाई सामाजिक सञ्जालबाट भाइरल भएका बालगायक अशोक दर्जीले उछिनेका छन् ।


बाँकी भिडियोमा हेर्नुहोस्



यस बिषयमा तपाइको प्रतिक्रिया...!