नेपाल आइडलका कान्छा प्रतियोगी कृशल कंडेलको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Posted on: 19 Jan, 2019

माघ ५, काठमाडौँ । नेपाल आइडल सिजन २ बाट निकै चर्चा कमाएका धादिङका कृशल कडेलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कृशल नेपाल आइडल सिजन २ का टप ८ तथा कान्छा प्रतियोगी हुन् ।

नेपाल आइडलका कृशल कंडेल नै सबैभन्दा पहिले गीत निकाल्ने प्रतिस्पर्धि भएका छन् भने कृशल स्वयमले यस गीतमा दमदार अभिनय गरेका छन् । ‘मनको छाता’ बोल रहेको यस गीतको म्युजिक भिडियोमा कृशलको साथमा यांग्सु श्रेष्ठ र सागर मगर लगायत फिचर्ड छन् ।

एरिक गिरीले गाएको यस गीतको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका छन् । गीतमा शब्द तथा संगीत पनि गायक स्वयमको रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सागर मगर र पुजन राईको कोरियोगाफी रहेको छ । भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो :


यस बिषयमा तपाइको प्रतिक्रिया...!