बोलमायाकी अन्जली हट अवतार, प्रचण्ड समेत हेरेको हेरेई (भिडियो रिपोर्ट)

Posted on: 19 Jan, 2019

माघ ५, काठमाडौं । ८ महिना अघि सार्वजनिक लोकगीत ‘बोल माया’ गीतकी मोडल अन्जली अधिकारीले एपिक नेपाल म्युजीक अवार्डमा लोकगीत तर्फको महिला मोडलको अवार्ड हात पारेकी छिन् । आफ्नो अभिनयबाट सबैको मन जितेकी अन्जली बोलमाया गीतबाटै अवार्ड हात पारेकी हुन् । 

त्यसै समारोहमा अन्जलीको नयाँ लुक्सले धेरैको ध्यान केन्द्रित गर्यो । गएको शुक्रबार राजधानीको ठमेलस्थित छायासेन्टलमा मोडल अन्जली पुग्दा धेरैलाई केहिबेर ठम्याउन गाह्रो पर्यो । प्राय साधारण भेषमा देखिने अन्जली एपिक नेपाल म्युजीक अवार्ड समारोहमा बोल्ड अवतारमा देखिइन् । त्यो पनि फरक हेयर स्टाइलमा । त्यसैले पनि उनलाई ठम्याउन गाह्रो पर्यो । 

नारायण रायमाझी, प्रकाश सपूत र शान्ती श्री परियारको स्वरमार रहेको बोलमाया गीतबाट उत्कृष्ट मोडलको अवार्ड पाउँदा खुसी लागेको उनी बताउँछिन् । साथै यसै गीतपनि उनलाई दर्जनौं म्युजीक भिडियोका लागी अफर आएका छन् । बिशेषगरी दर्शक रुवाउने म्युजीक भिडियोको अफर आउने गरको उनी बताउँछिन् ।  

भिडियो रिपोर्ट हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!