प्रचण्डकी नातिनी र आईजीपी खनालको छोराले गाए यस्तो गीत (भिडियोसहित)

Posted on: 14 Feb, 2019

फागुन २, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ । 

उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ आफैंले लेखेका छन् । गीतमा गैरे सुरेशले संगीत दिएका छन् । संगीत संयोजन कोविद बज्रले गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!