छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाडौं | चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमाउक्त सहयोगको घोषणा गरेका हुन् ।


सुबिहानीको जन्मउत्सवको अवसरमाधुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजनानगरी रङ्गशालानिर्माणलाई सहयोग गरेकाहुन् । ‘हाम्रीप्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमाहामीनिर्माणाधिन रङ्गशालाकालागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामाबन्ने छ ।’

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिककाममा अघि बढेकाधुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउनपाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमाभने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेषकामले चितवनपुगेकाधुर्मुस सुन्तलीबुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको कामभईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्नहुने धुर्मुस सुन्तली बताउछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!