हुरीपीडितको मनोभावनामा केन्द्रीत गित ‘उडायो हुरीले’ सार्वजनिक (भिडियो)

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।

भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।

सुनिता थापाको गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरु समावेश गरिएको छ । 

हेरौँ भिडियोः


यस बिषयमा तपाइको प्रतिक्रिया...!