चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ ।  

अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख २० गते देखि रिलिज हुँदैछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!