सेतो दाह्री, अनुहारमा थकान, साथमा श्रीमती: विदेशबाट उपचार गरेर फर्किए अक्षय कुमार

Posted on: 19 Apr, 2019

५१ बर्षका अक्षय कुमार विदेशमा आफ्नो उपचार गरेर स्वदेश फर्किएका छन् । एयरपोर्टमा अक्षयकि श्रीमती ट्विङकलसँग अक्षयलाई देख्दा उनको सेतो दाह्री र अनुहारमा थकान देख्न सकिन्थ्यो । उनले टोपी लगाएका थिए । त्यस क्रममा अक्षयसँग केहिले सेल्फी लिने कोशिस गरे तर उनले स्वीकार गरेनन् । 

भारतीय संचारमाध्यममा आएको समाचार अनुसार अक्षय हाइड्रोथेरापी ट्रीटमेन्ट लिनको लागि जर्मनी गएका थिए । संचार मध्यमहरुले उल्लेख गरे अनुसार, हरेक बर्ष गर्मी मौषममा अक्षय यो थेरापी लिनको लागि जाने गरेका छन् । जुन थेरापी उनले आफूलाई चुस्त-दुरुस्त राख्नको लागि गर्ने गरेका छन् । किनकी अक्षय बलीवुडका त्यस्तो स्टारमा पर्छन, जो आफ्नो धेरैजसो स्टन्ट आफै गर्न मन पराउँछन् । ५१  बर्षको उमेरमा पनि उनि रिस्क लिन डराउदैनन् । उनकी पछिल्लो फिल्म केसरीमै पनि कयौं एक्शन सीन अक्षय आफैले गरेका थिए, जसमा 'रोप क्लाइम्बिङ' पनि गरिएको छ ।


हाइड्रोथेरेपीमा पानीको माध्यमबाट समस्याहरुको उपचार गरिन्छ । आजकालको भागदौडले भरिएको जीवनमा थेरापी हरेक कामकाजी मानिसको लागि थकान र तनाव हटाउनको लागि महत्वपूर्ण हुन्छ । यो थेरापीले केवल मांशपेशीलाई मात्र ठीक गर्दैन, यसले मानव शरीरलाई मेन्टेन गर्नमा मद्धत पुर्याउँछ । 

अक्षयको आगामी कामको कुरा गर्ने हो भने उनले अब बिभिन्न ४ फिल्ममा काम गर्दै छन् । जसमा सूर्यवंशी, मिशन मंगल, 'गुड न्यूज' र 'हाउसफुल ४' रहेका छन् । आगामी कामको चापलाई ध्यान दिंदै उनले जर्मन पुगेर हाइड्रोथेरापी ट्रीटमेन्ट गरेर फर्किएको बताइएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!