चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Posted on: 25 Apr, 2019

बैशाख १२, काठमाडौं- मिलन चाम्स निर्देशित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सुन्धार स्थित सिटिसि महलमा एक कार्यक्रमको आयोजना सहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्र ‘विर बिक्रम २’जेठ ३ गतेबाट प्रदर्शनमा निर्माण युनिटले जनाएको छ । ट्रेलरमा अभिनेता पल शाह, नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री बर्षा शिवाकोटीका फिल्म भित्र रहेका केही महत्वपूर्ण दृश्यहरु समेटिएका छन् । ट्रेलरले दर्शकमा फिल्मको क्रेज बढाउने बिश्वास निर्माण युनिटको रहेको छ । ट्रेलरमा बर्षको माया पाउन पल र नाजिरको हानथाप समेत देख्न सकिन्छ । 

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता शिवाकोटी सहनिर्माता रहेकी छन् । पल, नाजीर, बुद्धि र बर्षाको अलवा फिल्ममा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत रहेको छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!