IPL फाइनलमा क्यामराले एक झलक दिएपछि यी युवती एकाएक भाइरल बन्दै (१४ तश्वीर)

Posted on: 13 May, 2019

वैशाख ३०, एजेन्सी | आईपीएलको १२ औं सिजनको फाइनल खेल आइतबार सम्पन्न भएको छ | उक्त फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गर्दै रोमान्चक उपाधि हात पार्यो | 

खेलमा मुम्बईको जितभन्दा पनि एक जना युवतीले फ्यानहरुलाई थप आकर्षित पार्यो | 


सामाजिक संजालमा मानिसहरुले आरसीबी गर्ल दीपिका घोष पछी अब मुम्बई इन्डियन्सकि फ्यानगर्लतर्फ आकर्षित भएका छन् |


जब मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सको खेल हुँदै थियो तब अचानक क्यामराम्यानको नजर एक फ्यानगर्ल मा पर्यो | टिभीमा यी युवतीको एक झलकले नै सामाजिक संजालमा निकै स्थान पायो |


इन्टरनेटमा जब उनको तस्वीर भाइरल हुन थाल्यो तब मानिसले यो खोज्न थाले कि आखिर ति मिस्ट्री गर्ल को हुन् ? 


ति मिस्ट्री गर्लको नाम अदिति हुन्डिया हो | उनि फेशन र ग्ल्यामरसको संसारमा परिचित अनुहार भएकी युवती हुन् | उनको नामबाट अहिलेसम्म कयौं फ्यानपेज र फेक एकाउन्ट पनि बनिसकेका छन् |


अदिति राजस्थानको जयपुरकि हुन् | अदितिले फेमिना मिस इन्डिया २०१७ को लागि अडीशन दिएकी थिइन् र छनोट समेत भएकी थिइन | 


अदितिले फेशनको संसारमा आफ्नो पहिलो यात्रा मिस इन्डिया २०१७ प्रतियोगिताबाट शुरू गरेकी थिइन | उनले fbb कलर्स फेमिना मिस इन्डिया राजस्थानको ताज जितीसकेकी छन् |


२०१८ मा अदितिले मिस दिवा २०१८ को ताज जितिन् जहाँ उनलाई मिस दिवा सुपरनेशनल टाइटल समेत हात पर्यो | उनले पोल्याण्डमा पनि मिस सुपरनेशनल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिसकेकी छन् |


अदिति हुन्डियाले Elite मिस राजस्थान २०१६ मा भाग लिएर पहिलो रनर अप बनेकी थिइन | 


अदितिले त्यसै प्रतियोगितामा मिस ब्यूटीफुल आईज र मिस बडी ब्यूटीफुलको टाइटल पनि प्राप्त गरेकी थिइन् |


अदिति क्रिकेटको निकै ठूलो फ्यान हुन् | विराट कोहली र महेन्द्र सिंह धोनी उनको सबैभन्दा मनपर्ने क्रिकेटर हुन् | 


आईपीएल फाइनलपछी अदितिको इन्स्टाग्राममा फलोअर्स निकै बढेको छ | केहि घण्टामै उनको ९३ हजार फलोअर्स बढेको हो |


एक प्रयोगकर्ताले लेखेका छन्, आरसीबी गर्लको क्रेज सकियो, अब मुम्बई इन्डियन गर्लको पालो |

इन्स्टाग्रामको हरेक तस्वीरमा उनलाई ग्ल्यामरस र निकै राम्री देख्न सकिन्छ | उनको हरेक पोस्टमा हजारौँ लाइक आएका छन् | 


अदिति ट्रेडिशनल र मोडर्न आउटफिट दुवैमा कन्फिडेन्ट देखिन्छिन | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!