नागार्जुन एकेडेमी तीज नृत्य प्रतियोगितामा प्रथम

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन) काठमाण्डौंद्धारा आयोजित उपत्यका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा रानीबनस्थित नागार्जुन एकेडेमी प्रथम भएको छ।  जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विजेतालाई रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरिएको छ । 


यस्तै गरी, चाबहिलको गोल्डेन पिक हाई स्कूलद्धारा आयाजित दोश्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा पनि नागार्जुन एकेडेमी नै प्रथम भएको छ । सो नृत्य प्रतियोगिता समापन कार्यक्रमकी प्रमुख अतिथि संघीय प्रतिनिधि सभाकी सदस्य समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले विजेतालाई रु ३० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरिन् । 


उपत्यकाका २९ वटा स्कूल सहभागी गोल्डेन पिक तीज नृत्य कार्यक्रममा सृजना ज्ञानसागर स्कूल दोश्रो र कौशल इङ्लिश स्कूल तेस्रो भएका छन् । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले गरेकी थिइन् । 

विद्यार्थी र शिक्षकले राम्रो तयारी गरेको कारण यो सफलता हात पार्न सफल भएको शिक्षक रामचन्द्र श्रेष्ठले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!