‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’असोज २ गतेबाट प्रसारण हुने

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौं | ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाटछुट्टिएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले  नयाँ टेलिश्रृङ्खला ल्याउने भएका छन् | जसको नाम  ‘सक्किगोनि’ राखिएको छ । 


कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् | मिडियाहरुले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ |

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्ने छन् | भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!