गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौं । नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल बनिरहेको छ ।

बानेश्वरस्थित राईको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै क्षति भएको पारिवारिक श्रोतले जनाएको छ । आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएका छन् । गायक राईको सम्मान पत्र तथा अवार्डहरु समेत जलेको छ । 

गायक राईले आफ्नो घरमा आगलागी भएको खबर पाएपछि फेसबुकमा स्टाटस लेख्दै भनेका छन् 'यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परीस्थितीमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवार प्रती !! यहाँबाटै हार्दिक नमन .. एवार्ड जले होलान तर तपाइहरुले दिएको आशिर्वाद माया, सुझाब नजलोस.. म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे ।'


यस बिषयमा तपाइको प्रतिक्रिया...!