गायक राजेश पायल र मिरादेवीको स्वरमा 'ठमेलको बजारमा' भिडियो सार्वजनिक

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । बैगुनि माया, तिमीलाई पाएँ, आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् ।


सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने शब्द मिरादेबी राइ र संगीत नबिन कार्कीको सुन्न सकिन्छ । जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन् । 

भिडीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!