अभिनेत्री वाणीले यस्तो फोटो पोस्ट गरेपछि सामाजिक संजालमा भयो चर्को आलोचना

Posted on: 15 Nov, 2019

कार्तिक २९, एजेन्सी | बलिउड अभिनेत्री वाणी कपुर आफ्नो फेसन र बोल्ड फोटोका कारण चर्चामा आइरहने गरेकी छन् | तर पछिल्लो समय उनले पोष्ट गरेको एक फोटोका कारण उनको सामाजिक संजालमा आलोचना भइरहेको छ |


उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको फोटोका कारण मानिसहरु उनीसंग रिसाई रहेका छन् | 'हरे राम' लेखेको बिकिनी टप लगाएको फोटो पोस्ट गरेपछि उनको आलोचना भएको हो | उनलाई सामाजिक संजालमा गालीगलौज समेत गरेका छन् |


यसरी सामाजिक संजालमा चर्को आलोचना भएपछि वाणीले आफ्नो इन्स्टाबाट यो फोटो हटाइसकेकी छन् | कतिले भने यो फोटोको तारिफ पनि गरेका थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!