यसरी बने राम लिम्बु ‘दि भ्वाइस अफ नेपाल’को विजेता

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौं | राम लिम्बु ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता बनेका छन् | तिन प्रतिष्पर्धालाई पछि पार्दै उनी बिजेता बन्न सफल भएका हुन् | ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए |


उनी अन्तिम प्रतिष्पर्धाको  प्रस्तुति र दर्शकको भोटिङको आधारमा  विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो | शनिबार साँझ  होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी प्रथम बनेका हुन् | विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार प्राप्त गरेका छन् | 

उनी  कोच प्रमोद खरेललको टिममा रहेका थिए | दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!