आलिया भट्ट बनिन् यस वर्षकी एशियाकै सेक्सी महिला (६ तस्बिरमा)

Posted on: 12 Dec, 2019

मंसिर २६, एजेन्सी | सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा बलिउड अभिनेत्री आलिया भट्ट छनोट भएकी छन् | उनकी साथि कलाकार दीपिका पादुकोणले दोस्रो स्थान प्राप्त गरेकी छन् | बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल भएका हुन् |


उक्त साप्ताहिक पत्रिकाले बताइए अनुसार सन् २०१९ आलियाका लागि  सबैभन्दा उत्कृष्ट वर्ष रहेको छ | उनले विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ | अलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाको सबैभन्दा  सेक्सी महिलाको सूचीमा परेकोमा खुशी व्यक्त गरेकी छन् | उनले भनिन्,‘हामी बुढा–बुढी हुन्छौं, कस्तो देखिन्छौं त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईं मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईं सधैं सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ ।’


सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण यसपटक दोस्रो स्थानमा रहेकी छिन् | त्यस्तै एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो स्थानमा रहेकी छिन् | यो संगै उनी माहिरा खानले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि पाएकी थिइन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!