जब दिदी कृष्णालाई प्रेमीसँग बिकिनीमा देखेपछि...

Posted on: 02 Jan, 2020

पुस १७, एजेन्सी | टाइगर श्रोफकी दिदी कृष्णा श्रोफले प्रेमी इबन हायम्ससँगका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् | उनको तस्बिरमा रोमान्टिक अन्दाज सार्वजनिक भएको छ | उनी आफ्ना प्रेमी संग कहिले चुम्बन गरेको त कहिले अँगालो हालेको फोटो सार्वजनिक गर्छिन  |


कृष्णाले यी तस्बिर सेयर गर्दै भनेकी छिन् ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’उनको तस्बिरलाई  भाइ टाइगरले समेत देखेका छन् | उनी कमेन्टमा लेख्छन,‘बिचरा इबन’ | टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् |


कतिले त उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् | इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् | उनी बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!