कार दुर्घटना गायक निशान भट्टराईको निधन

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौं | सवारी दुर्घटनामा गायक निशान भट्टराईको मृत्यु भएको छ | मंगलबार राति दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट घर फर्कनेक्रममा उनले चलाएको कार  तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको हो |

दुर्घटनामा गम्भीर धाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो | उनको उपचारको क्रममा त्यही निधन भएको हो |

उनी ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन्  | उनको  स्थायी ठेगाना  धरान हो भने खासगरी गजल गायकीका कारण उनी चर्चित थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!