महिला प्रहरीले दिईन आस्था राउत बिरुद्ध उजुरी

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौं | गायिका आस्था राउतले आफुमाथि विमास्थलमा महिला प्रहरीले दुव्यवहार गरेको भन्दै बुधबार फेसबुक मार्फत आक्रोश पोखेकी थिइन् | प्रहरीमाथि गालि गरेको उनको उक्त भिडियो निकै भाइरल भएको थियो |


त्यसपछि विमान स्थलमा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी  हालेकी छिन् | उनले आफू ड्यूटीमा रहँदा गायिका आस्था राउतको चेकजाँच गरेकी र दुर्व्यवहार भएको हँदै उजुरी दिएकी हुन् |

विमानस्थल प्रहरी कार्यालयले उनको उजुरी कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ | गायिका राउतले पछि सामाजिक संजालबाट माफी समेत मागेकी थिइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!