चर्चित नायिकाकी छोरीले यस्तो भनेपछि...

Posted on: 27 Jan, 2020

माघ १३, एजेन्सी | बलिउडकी एक चर्चित परिवारको तेस्रो पीढिकी पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले सैफ अली खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छिन् | फिल्ममा यात्रा थालनी गर्नुअघि उनले आफ्नो नाम आलिया इब्राहिम, आलिया फर्निचरवालालाई परिवर्तन गरेर अलाया फर्निचरवाला राखेकी छिन् |

उनले एउटा टिभी सोमा 'यदि अचानक उनको बेडमा कार्तिक आर्यन देखिए भने उनले के गर्लिन् भनेर प्रश्न सोधियो' जसको जवाफमा उनले भनिन,‘कार्तिक आर्यनसँग बेड सेयर गर्न मलाई कुनै आपत्ति छैन |'

त्यस्तै उनलाई सारा र कार्तिकको ‘लव आजकल’ को बोल्ड सीनमा उनको के धारणा छ भनेर प्रश्न गर्दा उनले भनिन,‘मैले लभ आजकालको ट्रेलर हेरेकी छु , यदि म यो दृश्यमा भएको भए उक्त दृश्य त्यति नै दमदार हुने गर्दथ्यो, दृश्य दुबैले राम्रो बनाएका छन्' |


यस बिषयमा तपाइको प्रतिक्रिया...!