गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौं | विमानस्थलमा खटिएकी महिला प्रहरीमाथि दुर्व्यवहारको आरोप लागेकी आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ | राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुमति दिएका हुन् |

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको बताए | १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो |

घटना पछि राउत  फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्  | उनको  भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी गरेकी थिन | त्यसको चार दिन पछि  उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो | राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!