नायिका प्रियंकाको तस्बिर सेयर गर्दै बार्सिलोनाले लेख्यो यस्तो

Posted on: 04 Feb, 2020

माघ २१, काठमाडौं | नेपाली नायिका प्रियंका कार्कीको तस्बिर स्पेनिस महारथी बार्सिलोना फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेको छ | सेयर गरिएको उक्त तस्बिरमा 'वी लभ नेपाल' अर्थात् 'हामी नेपाललाई माया गर्छौं' लेखिएको छ |

बार्सिलोनाले नायिका कार्कीको तस्बिरसहित भिडियोसमेत सेयर गरेको छ | उनी केही दिन अघि मात्रै नायक तथा आफ्नो प्रेमी आयुष्मान देसराजसँग स्पेन पुगेकी थिइन् | गए रातिमात्रै उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरका थिए | जहाँ बार्सिलोनाले लेभान्टेलाई २-१ ले हराएको थियो |

प्रियंका र आयुष्मानले आफ्नो सर्पोट बार्सिलोना फुटबल क्लबलाई रहेको बताएका थिए | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!