सोनम कपुरले यस्तो लुगा लगाएपछि ट्रोल बनिन्

Posted on: 07 Feb, 2020

माघ २४, एजेन्सी | मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना भयो | जहाँ बलिउडका ठूला स्टार्सको उपस्थिती थियो | उक्त मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् |


सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् | उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा पनि परिन् | ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’


एक प्रयोगकर्ताले अलिकति त लाज राख भने | उनको फेसनको कहिले तारिफ गरे भने कहिले आलोचना गरे | सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!