यस्तो लुगा लगाएपछी उर्वशी ४ वटा कुर्सीमा बसिन्, बनिन् ट्रोल

Posted on: 19 Feb, 2020

फागुन ७, एजेन्सी | नायिका उर्वशी रौतेला अहिले  ट्रोल भइरहेकी छिन् | असमको गुवाहाटीमा आयोजना गरिएको फिल्मफेयर अवार्ड २०२० मा थुप्रै सेलिब्रिटीमध्ये उनको पनि उपस्थिति रहेको थियो | आफुलाई आकर्षण देखाउन नायिकाहरुले फरक-फरक पहिरन लगाएकी थिइन् | उनी पनि त्यस्तै पहिरनका कारण अहिले ट्रोल बनिरहेकी छन् |

उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी भारी र ओभरसाइज्ड अफ शोल्डर इम्बेलिश्ड बल गाउन लगाइरहेको देखिएकी छिन् | उनको यो पहिरनले निकै चर्चा पाएको छ | भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ |

उर्वशीले भिडियोको क्याप्सनमा लेखिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन् |

कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’अर्का व्यक्तिले कमेन्ट गर्दै लेखे, ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’

यस्तै, अर्का व्यक्तिले भने, ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!