प्रेमी उदिपसँग गरिन् आँचलले इन्गेजमेन्ट

Posted on: 25 Feb, 2020

फागुन १३, काठमाडौँ | अभिनेत्री आँचल शर्माले प्रेमी सोमबार इन्गेजमेन्ट गरेकी छिन | चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् | उनीहरुको विवाहको मिति भने सार्वजनिक भइसकेको छैन |

इन्गेजमेन्टमा आफन्त र परिवारको उपस्थिति रहेको थियो | उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ | आँचल र उदिप झन्डै एक डेढ वर्ष देखि प्रेममा थिए | दुवैले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् |

आँचल बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!