पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स ! यस्तो छ कारण

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौँ | पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समय अघिदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेको भन्दै हल्ला आएको भए पनि पुष्टि भएको थिएन । त्पयतिखेर उनीहरुको सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो ।

सनिबार राति उषाले यसबारे आफैंले मुख खोलेकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिंदै फेसबुकमा अंग्रेजी भाषामा स्टाटस लेखेकी छन् । 


उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’

उनले सबैलाई  सहयोग र मायाका लागि धन्यवाद  दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएकी छिन् ।

उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो ।

सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!