कोरोना भाइरस : बलिउड नायिका सोनम कपुर पनि आइसोलेशनमा

Posted on: 18 Mar, 2020

चैत ५, एजेन्सी | बलिउड नायिका सोनम कपुर कोरोनाभाइरसको त्रासका बिच लण्डनबाट भारत फिर्ता भएकी छिन् | उनले आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् | 

सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् | उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु | लभ यू अल ।’ भारत आइपुगेपछि उनले भारतीय सरकारलाई कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ गरेकी छिन |

विश्व्यापी फैलिएको कोरोनाभाइरसबाट बच्न मानिसहरुले उच्च सतर्कता अपनाई रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!