प्रचण्डकी नातिनी स्मीता दाहाल र राजेश हमालको भिडियो सार्वजनिक

Posted on: 19 Nov, 2020

मङ्सिर ४, काठमाडौँ | नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहालले आफैँले गाएको गीतको म्युजिक भिडियोमा राजेश हमालसंग अभिनय गरेकी छिन | स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा  राजेश हमालसँग अभिनय गरेकी हुन् |

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ | भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् | गीतमा सुनिता नेपाल सुवेदीको शब्द रहेको छ |  राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ |

सुनिल क्षेत्रीको कथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो |

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!