भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौँ । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ । 

उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ । 

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!