आज 'कमेडी च्याम्पियन' को फाइनल: कसले जित्ला कार ?

Posted on: 18 Sep, 2021

असोज २, काठमाडौँ | आज 'कमेडी च्याम्पियन' को फाइनल प्रतिष्पर्धा हुँदैछ । कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको कमेडी रियालिटि शो यो पटक ताप्लेजुङका भरतमणि पौडेलको कारण निकै चर्चित रह्यो । पौडेलले पूर्व युवराज पारस शाहको गेटअपदेखि गोकुल बास्कोटासम्मको क्यारिकेचर गरेर चर्चा कमाए ।

यो पटकको कमेडी च्याम्पियनमा पौडेलको साथै गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले फाइनलमा प्रवेश पाएका छन् । आज हुने फाइनलमा यिनै तीन जना मध्य एक जनाले कमेडी च्याम्पियनको उपाधि उठाउनेछन् । 

फाइनल यात्रामा रहेका तीनै जनाको प्रतिभालाई लिएर चर्चा छ । उनिहरुको छुट्टा छुट्टै प्रतिभालाई औल्याउदै यो पटकको कमेडी च्याम्पियन कसले जित्छ भन्ने कुराको एकिन भन्न नसकिने बताइन्छ । आज कमेडी च्याम्पियनको बिजेता बन्नेले कार र थुप्रै गिफ्टहरु समेत हात पार्दैछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!