बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीको छापा

Posted on: 21 Oct, 2021

कात्तिक ४, काठमाडौं | बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् ।

आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारवाही गरिरहेको छ । आर्यनलाई पक्राउ गरेर कारवाही गरिरहेको एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ । 

बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टीमले बिहीबार मध्यान्ह छापा मारेको हो । उनलाई बयानका लागि समेत बोलाइएको छ । तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे बताइएको छैन । अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!