बढ्न थाल्यो कोरोना सङ्क्रमण

Posted on: 17 Jul, 2021

साउन २, काठमाडौं । कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो  भएसँगै उकालो लाग्न थालेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । 

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!