थप ९६८ जनामा कोरोना पुष्टि, ६ सङ्क्रमितको मृत्यु

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ९सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ५८२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ६ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १८० पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!