दुई फरार अपराधी प्रहरी फन्दामा

Posted on: 24 Dec, 2016

पुस ९, लहान । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । 

जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको हो । 

अदालतको फैसलापछि फरार महरालाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

यसैगरी कैदीबन्दी भागे भगाएको मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१ निवासी ३० वर्षीय दशैया पासवानलाई पनि पक्राउ गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!