प्रणय दिवस : किस्ता - किस्तामा (गजल )

Posted on: 08 Feb, 2017

- प्रज्वल पौडेल 

सोच्दैछु कसरी हुन्छ प्यार किस्ता - किस्तामा

खोज्दैछु जीन्दगीको आधार किस्ता - किस्तामा ।


यो दिलको लालपुर्जा, नामसारी गरेर

जमाउनु आफै अधिकार किस्ता - किस्तामा।


भनेका छन् कविले उडि छुनु चन्द्र एक 

हार्नु हैन जित्नु छ संसार किस्ता - किस्तामा।


पहाडी थुम्का र खोल्सामा अलमल किन

प्यास मेटी तरौँला जंघार किस्ता - किस्तामा ।


जवानी र नजरको साँच्चै युद्ध भयो भने

उठाउँला हाम्रो हतियार किस्ता - किस्तामा।


नमान्नु डर कसैको, साथमा छ प्रज्वल 

जाउँला मायाको कारागार किस्ता - किस्तामा ।

सैपु -७ रामेछाप



यस बिषयमा तपाइको प्रतिक्रिया...!